कोरोनाबाट बाँकेमा ६ जनाको मृत्यु

सदरलाइन संवाददाता १४ जेष्ठ २०७८, शुक्रबार १६:३३
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया र दाङका २/२ जना तथा बाँके र जाजरकोटका १/१ जना छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा ३ बर्दियाका ३७ वर्षीय पुरुष, तुलसीपुर ११ दाङका ५२ वर्षीय पुरुष र गुलरिया ६ बर्दियाका ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।


त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत भेरी नगरपालिका १ जाजरकोटकी ७० वर्षीया महिला, कोहलपुर ११ बाँकेका ६९ वर्षीय पुरुष र लमही ६ दाङका ४७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसंगै कोरोनाबाट बाँकेका २८७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २६९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बानका अध्यक्ष न्यौपानेको निधनप्रति अकोराबद्वारा दुःख ब्यक्त

१४ जेष्ठ २०७८, शुक्रबार १६:३३
नेपालगञ्ज : व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको निधनप्रति सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) ले दुःख व्यक्त गरेको छ । अकोराबका अध्यक्ष अर्जुन गिरीले शुक्रवार एक शोक बक्तब्य निकालेर विज्ञापन बोर्डका सदस्य तथा सुनसरीको इटहरीस्थित रेडियो सप्तकोशी एफएमका स्टेशन म्यानेजर न्यौपानेको असामयिक […]