पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्क विहीन

सदरलाइन संवाददाता १५ जेष्ठ २०७९, आईतवार ११:०७
 
फाईल तस्बीर
फाईल तस्बीर

पोखरा  : पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

आइतबार बिहान ९ बजेर ५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज सम्पर्क विहीन भएको तारा एयरका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए ।


पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । विमानमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको उनले बताए । थप विवरण आउन बाँकी । नेपालमञ्चबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गणतन्त्र दिवशमा नेपालगञ्ज कारागारका २१ कैदीको कैद सजय मिनाह

१५ जेष्ठ २०७९, आईतवार ११:०७
नेपालगञ्ज  :  १५ औ गणतन्त्र दिवशको अवसर पारेर बाँकेको नेपालगञ्ज कारागारका २१ कैदीको कैद सजाय मिनाहा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको अवसर परेर नेपालगञ्ज कारागारमा रहेका २१ कैदीको सजाय मिनाहा गरिएको हो । नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, सजाय मिनाहाका लागि २५ जनाको नाम सिफारिस गरी […]

सम्बन्धित