बाँकेमा फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता ८ जेष्ठ २०७८, शनिबार ११:२४
 

नेपालगञ्ज : बाँके प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न भइ अदालतबाट ५ महिना कैद सजाय पाएर फरार रहेका एक प्रतिवादी पक्राउ गरेको जनाएको छ ।

बाँके जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०७७ पुस १ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएका र हालसम्म फरार रहेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३, एकलैनीका २७ बर्षिय सदाव हलुवालाई शनिवार पक्राउ गरेको हो ।


फरार हलुवाईलाई प्रहरी कार्यालय बाँकेबाट खटिएको स्पेसल टास्क फोर्स टिमले पक्राउ गरी आवश्यक कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाएको जनाएको छ ।

बाँके प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक ओमबहादुर राना जिल्लामा हाजिर भएदेखि हालसम्म ५ सय ८० फरार अभियुक्तहरु पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टा पेडारी शाखा नहरको पानीले घियाताल भरिदा छ हजार हेक्टर जमिनमा सिचाई हुँदै

८ जेष्ठ २०७८, शनिबार ११:२४
नेपालगञ्ज  : सिक्टा सिचाई आयोजनाको पश्चिम मूल नहरबाट वितरण गरिएको पानीले बाँकेको खजुरा–८ र बैजनाथ गाउपालिका–६ मा रहेको घिया ताल बैशाख जेठ मै पानीले भरिएपछि सो क्षेत्रमा हरियाली बढ्नुको साथै बिभिन्न जलपन्छि देखिन थालेका छन् । बाँकेमा कृषिको क्षेत्रमा ठूलो परिवर्तन गर्ने उद्देश्यले नेपाल सरकारको राष्ट्रिय गौरबको आयोजना सिक्टा सिंचाई […]