कर्तब्य ज्यान र डाँका मुद्दाका फरार अभियुक्त बेहना पक्राउ

सदरलाइन संवाददाता ५ जेष्ठ २०७८, बुधबार १६:१९
 

नेपालगञ्ज : बाँके प्रहरीले कर्तब्य ज्यान र डाँका मुद्दामा संलग्न रहेका फरार अभियुक्त पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको छ ।


बाँकेको साविक उढरापुर गाविस ६ हाल खजुरा गाउपालिका ५ बस्ने बर्ष २९ को लियाकत अलि वेहना भन्ने पेलरु बेहनाका बिरुद्ध २०७० कात्तिक ३ गते कर्तब्य ज्यान र डाँका मुद्दा दर्ता भएको अवस्था हालसम्म भागी फरार रहेको हुँदा निजलाई नियन्त्रणमा लिएर आवश्यक अनुसंधान अघि बढाएको प्रहरीले जनाएको छ ।

बाँके प्रहरीले फरार रहेका बेहनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको जनाएको छ । प्रहरीले बाँकेमा हालसम्म ५ सय ७८ जना फरार अभियुक्त पक्राउ गरी सकेको र यो अभियान निरन्तर चलिरहेने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलात्कार अभियोगमा बर्दियामा एक वृद्ध पक्राउ

५ जेष्ठ २०७८, बुधबार १६:१९
बर्दिया : बर्दियामा चार वर्षिया नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा ७९ वर्षका पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेमबहादुर शाहीका अनुसार राजापुर नगरपालिकाकी चार वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो । मंगलबार मध्यान्न १२ बजे ती पुरुषले नाबालिका जबरजस्ती […]