नेपाल टेलिकमको ‘लकडाउन स्टे कनेक्टेड’ अफर

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार ११:३९
 

काठमाण्डौ : निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै नेपाल टेलिकमले अफर सार्वजनिक गरेको छ ।

टेलिकमले सार्वजनिक गरेका ’लकडाउन स्टे कनेक्टेड’ अफर शुक्रवारदेखि एक महिनाका लागि लागू हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ ।

अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ भने डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको छ । लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । यो डाटा दैनिक एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ ।


यसैगरी, टेलिकमले निषेधाज्ञाको अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँने व्यवस्था गरेको छ । दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा बोनस स्वरूप पाँच सय एमबी डाटा उपलब्ध हुनेछ ।

डाटा दुई दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै पाँचसय रुपैयाँ अथवा त्यसभन्दा धेरै रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । यो डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा नयाँ संक्रमितको संख्या घट्दै

३१ बैशाख २०७८, शुक्रबार ११:३९
काठमाण्डौ : भारतमा केही दिन यता कोरोना भाइसका नयाँ सङ्क्रमितको संख्या केही घट्न थालेको छ । दैनिक चार लाख भन्दा धेरैमा सङ्क्रमण हुने गरेकोमा केही दिन यता यो संख्या घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ३८ हजार १९ जनामा सङ्क्रमण भएको छ । हिजो […]

सम्बन्धित