सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गत आईतबार मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको शव मंगलबार व्यवस्थापन गरिएको छ ।
अछाम चौरपाटीका ५० बर्षीय संक्रमित पुरुषको शव व्यवस्थापनको लागि कोभिड–१९ को मापदण्ड अनुसार नेपाली सेनाले परिवारको सहमतिमा व्यवस्थापन गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङको उपस्थितिमा नेपाली सेनाको भैरवप्रसाद गणको तालिम प्राप्त टोलीले विषेश सावधानी अपनाउदै बाँकको राष्ट्रिय बन क्षेत्रमा गाडिएको हो ।
कोबिड–१९ को संक्रमणको कारण मृत्यु भए शव व्यवस्थापनको लागि आवश्यक पर्ने शव बाहनको अभावमा सरकारी मोटरमा शव अत्यटिको लागि लगिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले विषेश सावधानी अपनाएर मृतकको शवको व्यवस्थापन गरिएको जानकारी दिए । कोभिड–१९ को शव व्यवस्थापनको निर्देशिका अनुसार नेपाली सेनाले शवको व्यवस्थापन गर्ने उल्लेख गरिए अनुसार सेनाले वयवस्थापन गरिएको हो ।
उनले कोभिड संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोधको कारण छापामार शैलीमा शव व्यवस्थापन गर्नु परेको गुनासो गरे ।
सो अस्पतालमा आईतबार नै कोहलपुर–२ कि एक ७० वर्षीया महिलाको मृत्युु भएपछि नेपाली सेनाको टोलीले नै शव व्यवस्थापन गरेको थियो । उनको पनि मृत्यु पछिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।