बाँकेका बिभिन्न अस्पतालमा उपचारत १२ सक्रमितको मृत्यु

सदरलाइन संवाददाता २९ बैशाख २०७८, बुधबार १२:२३
 


नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा उपचारको क्रममा बुधबार १२ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले दिएको जानकारी अनुसार मंगलबार राती ८ बजेदेखि बुधबार बिहान १० बजेको अवधिमा नेपालगञ्जको भेरी अस्पतालमा ७ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप १२ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा गुलरीया–९ बर्दियाका ४७ वर्षिया महिला, बनगाड कुपिण्डे–६ सल्यानका ५० वर्षिय पुरुष, नेपालगञ्ज–१६ बाँकेका ४९ वर्षिया महिला, नेपालगञ्ज–५ बाँकेका ४४ वर्षिय पुरुष, मधुबन नगरपालिका–६ बर्दियाका ५५ वर्षिय पुरुष र बढैयाताल गाँउपालिका बर्दियाका ६५ वर्षिय पुरुष, दाङ्ग तुल्सीपुरका ६६ वर्षिय पुरुष रहेका छन । उनीहरु सबैको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।


यसैगरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत घोडाघोडी–१ कैलालीका ६० वर्षिय पुरुष, कोहलपुर–२ बाँकेका ३० वर्षिया महिला, कोहलपुर–१० बाँकेका ४५ वर्षिया महिला, कोहलपुर–११ बाँकेका ४१ वर्षिय पुरुष र कोहलपुर –१४ बाँकेका ६४ वर्षिया महिलाको कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘रेमडिसेभिर’ ईन्जेक्सन कालोबजारी गरेको आरोपमा दुई पक्राउ

२९ बैशाख २०७८, बुधबार १२:२३
नेपालगञ्ज : बाँके प्रहरीले कोरोना संक्रमितको लागि उपचारमा सहयोगि मानिएको ‘रेमडिसेभिर’ ईन्जेक्सनको कालो बजारी गरेको आरोपमा दुई जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालयबाट खटेको टोलीले उनीहरुलाई २ भाईल ‘रेमडिसेभिर’ ईन्जेक्सन ५० हजारमा बिक्रि गरेको आरोपमा नेपालगञ्ज श्रृष्टिहल नजिकबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका नेपालगञ्ज–८ का २३ […]