धनगढीमा घरमै घुसेर डाँकाको समहुले गोली चलायो

सदरलाइन संवाददाता ५ पुष २०७९, मंगलवार १२:३६
 

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ९ मा गोली चलेको छ । वडा नम्बर ९ शिवरामनगर टोलमा सोमवार राती पौने ३ बजे गोली चलेको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार गर्न खोज्दा चोरहरूले गोली प्रहार गरेको विष्टले बताएका छन् ।

गोली लागेर विष्ट सामान्य घाइते भएका छन् भने स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा अर्को राउन्ड फायर गरेको विष्टले बताए ।


तर यो सम्बन्धमा कैलाली प्रहरीसँग बुझ्दा चोरहरू र स्थानीयबीच हात हालाहाल मात्रै भएको बताएको छ । गोली नचलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नावय उपरीक्षक वेदप्रकाश जोशीले बताए । तर स्थानीयले भने प्रहरीले गोलीका खोकाहरु समेत प्रहरीले लिएर गएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाँच वर्षसम्म खजुरामा सडक निर्माण पुरा हुन सकेन

५ पुष २०७९, मंगलवार १२:३६
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाको इलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १८ सय मिटर सडक निर्माणको काम पाँच वर्षदेखि पूरा हुन सकेको छैन । सो सडक निर्माणको काम गर्ने ठेक्का गजुरमुखी निर्माण सेवा इलामले २१ करोड ४९ लाख लागतमा २०७४ साल वैशाखमा नै सम्झौता गरेको पाएको थियो । सो […]