कोहलपुर नगरपालिकाको पांँचौ नगरसभा सम्पन्न

१० असार २०७६, मंगलवार १९:१५
 

सदरलाइन /प्रमोद रिजाल,
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाको पांँचौ नगरसभा कोहलपुरको नगर भबनमा सुरु भएको छ । सो सभाको कोहलपुर नगर प्रमुख तथा सभाध्यक्ष लुटबहादुर रावतले उद्घाटन गर्दै आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नगरप्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्याक्रममा कोहलपुर नगरीलाई शैक्षिक हवको रुपमा विकास गर्ने, सिमान्तकृत वर्गका लागि आवाज कार्यक्रमदेखि सुत्केरी पशुलाई भत्ता दिने जस्ता कार्यक्रहरु समाबेश नीति तथा कार्यक्रममा सामाजिक पुजि निर्माण, बिषादिमुक्त नगर, क्लिन तथा ग्रिन सिटी, नगर प्रमुख युवा कृषि जस्ता कार्यक्रहरु प्राथाकितामा रहेका छन ।
यसैगरी पशु जन्म दर्ता एबं सुत्केरी पशु भत्ता जस्ता नीति तथा कार्यक्रममा अपागं बाल अस्पताल तथा पुर्नस्थापना, बालमैत्री बाल बालिकासंग मेयर कार्यक्रम सञ्चालमा ल्याइनुका साथै थारु संग्रालय निर्माण एबं बिशेष संरक्षण क्षेत्र घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
भाषा साहित्यको संरक्षण र प्रबैदनमा यथेष्ट कार्य गर्ने गरि बनेको नीतिमा सञ्चार क्षेत्रलाई समेत प्रोत्साहन गर्ने कार्यक्रममा समाबेश गरिएको छ । सुपथ मुल्यका सहकारी पसल स्थापना गरि स्थानीय उत्पादनलाई बजारीकरण गर्ने रणनैतिक योजना गरिएको आउदो आर्थिक बर्षको कार्यक्रममा प्रहरी बिट, हाइमास्ट लाईट जडान गरिनुका साथै नाइट भिजन सिसिटिभि जडान गर्ने सम्म महत्वाकांक्षि कार्यक्रमहरु तय गरिएको छ ।
विकास निर्माणलाई निरन्तरता दिएको कार्यक्रमले चिनसंगको सहकार्यमा १ सय मेघावाटको सोलार बिद्युत उत्पादन गरि पर्याबरण संरक्षणमा एक लाख बिरुवा बृक्षारोपन गर्ने, योगा तथा ध्यान केन्द्र निर्माण, अटो भिलेज, आधुनिक बधशाला, आधुनिक बिद्युतिय सब दाह गृह निर्माण र ल्याण्डसाइटको निर्माणसंगै सल्यान घुइयाबारि सडक निर्माण गरि नगरभित्र रिङ्गरोड निर्माण गर्ने कार्यक्रमलाई प्राथामिकतामा पारीएको छ ।
गरिब जनताका फुस र खपटाका घरहरु बिस्थापित गराउने अभियान चलाउने बताइएको नीति तथा कार्यक्रममा सरकारकै सुचना तथा प्रबिधि सेन्टर निर्माणका साथै कोहलपुरका ७, ८ र १४ वडालाई औधोगिक ग्रामको रुपमा विकशित गर्न तदारुकता देखाउने उल्लेख गरिएको छ ।
आगामि आर्थिक वर्षको बजेट पेश गर्दै नगर उपप्रमुख सञ्जुकुमारी थारुले कोहलपुरको समग्र विकासका लागि ८० करोड ६१ लाखको क्षेत्रगत बजेट बिनियोजन गरेको बजेट प्रस्तुत गरिन ।
जस अनुसार आर्थिक विकास तर्फ ४ करोड ५१ लख, सामाजिक बिकास तर्फ २८ करोड ५८ लाख, पुर्बाधार विकास तर्फ ३० करोड ९६ लाख सत्तरी हजार, बाताबरण तथा बिपद ब्यबस्थापनमा १ करोड २५ लाख, संस्थागत विकास सेवा प्रबाह र शुसासन तर्फ १ करोड २५ लाख बजेट बिनियोजन गरिएको छ भने कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च १३ करोड ५० लाख छुटयाइएको छ ।  

Next Post

प्रदेश सांसद नमुना नरैनापुरको डुवान क्षेत्रमा

१० असार २०७६, मंगलवार १९:१५
सदरलाइनडटकम, नेपालगञ्ज  :  बाँकेको नरैनापुर गाउँपालिकामा गत आइतबार आएको बाढीको कारण डुवानमा परेको डुवानको सो क्षेत्रबाट प्रदेश सभामा निर्वाचित सांसद कृष्णा केसी नमुनाले मंगलबार सो क्षेत्रको स्थलगत अवलोकन गरेकी छन् । भारतले सीमाको दशगजामा नै पानीको प्राकृतिक बहाव रोकेर बनाएको सडक बाँधको कारण गत आइतबार परेको अविरल वर्षातको कारण आएको […]