समाबेशी साझा प्यानल आफ्नो पक्षमा जनमत जुटाउदै घरदौलोमा

३ भाद्र २०७३, शुक्रबार १३:०२
 

सदरलाइनडटकम 13939462_1154269807970718_3759165960588126182_n
३ भदौ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ प्रचारमा होमिएको कपिलप्रसाद अधिकारी नेतृत्वको समाबेशी तथा साझा समूहले शुक्रबार बिभिन्न ठाउँका मतदाताहरुलाई भेटेर मत मागेका छन् ।
सो समूहको सचिवालयका अनुसार शुक्रबार कारकांदो, जमुनाह, अस्पतालरोड, जामामस्जिद लगायत ठाउँमा पुगेर प्यानलका सबै उम्मेदवारले सामुहिकरुपमा आफ्नो पक्षका लागि मत मागेका हुन् ।
सो प्यानलकी उपाध्यक्ष पदकी उम्मेदवार रचना श्रेष्ठका अनुसार, भेटघाटका क्रममा व्यावसाइहरुबाट आफ्नो प्यानलको पक्षमा मतदानको प्रतिबद्धता प्राप्त भएको दाबी गरीन । ‘ व्यावसायीको हकको लागि आवाज बुलन्द गर्ने तपाईका लागि निर्बाचनमा मत दिन्छौ भन्नुभएको छ’–श्रेष्ठले भनिन् ।
महिला, मधेसी, मुस्लिम समेटेर बनाइएको आफ्नो प्यानलको पक्षमा मतदाताहरुको आर्कषण रहेको अध्यक्ष पदका उम्मेदवार कपिलप्रसाद अधिकारीले बताए । ‘सबैक्षेत्रको प्रतिनिधित्व, बिकास र ब्यवसायीक हकहित केन्द्रीत मुद्दाका आधारमा उहाँंहरुले हामीलाई सहयोग गर्ने बचन दिनुभएको छ’ अध्यक्ष पदका उम्मेदवार अधिकारीले भने ।
सो समुहमा अध्यक्षमा अधिकारी, उपाध्यक्ष बाणिज्य तर्फ तनविर जमाल हलवाई र उपाध्यक्ष उद्योग तर्फ श्रीमती रचना श्रेष्ठ रहेकी छन् । यस्तै सदस्यहरुमा उषा भण्डारी, चोलराज श्रेष्ठ, जहागीर मुसलमान, दशरथ चन्द, धर्मराज अर्याल, बिनोदकुमार राठी, बिबेककुमार श्रेष्ठ, भीमबहादुर रानाभाट, मन्दीरा पाण्डे, मालती शर्मा, राशिद कमाल र सत्यनारायाण बैश्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेष्ठ पत्रकार सम्मानबृत्तिबाट बाँकेका चार पत्रकार सम्मानित

३ भाद्र २०७३, शुक्रबार १३:०२
सदरलाइनडटकम ३ भदौ, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका ४जना जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार सम्मानबृत्तिले सम्मान गरिएको छ । महासंघ केन्द्रीय कार्यक्रम अनुसार पत्रकारिता क्षेत्रमा ३० वर्ष काम गरेको र ६५ वर्ष उमेर पुरा गरि सकेकाहरुलाई थप उर्जा प्रदान गर्ने उद्येश्यले नेपाल पत्रकार महासंघले शुरु गरेको जेष्ठ पत्रकार सेवावृत्ति […]

सम्बन्धित