ढुङ्गाले थिचेर श्रीमतीको हत्या

सदरलाइन संवाददाता १५ बैशाख २०७८, बुधबार १३:३८
 

दाङ : दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।


मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो ।

उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमानको खोजी भइरहेको छ । विपनाकी चार वर्षीया छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा थप एक पुरुषको मृत्यु

१५ बैशाख २०७८, बुधबार १३:३८
नेपालगञ्ज : बाँकेमा थप एक जनाको पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर ६ का ५६ बर्षीय पुरुषको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनको बुधवार दिउँसो २ बजे मृत्यु भएको हो । यो सँगै बाँकेमा कोरोनाबाट […]