बेटर बाँकेले कोहलपुरमा गर्यो रक्तदान

२ असार २०७५, शनिबार २०:२१
 

सदरलाइन / राज सुवेदी
२ असार, कोहलपुर (बाँके) : बढ्दो गर्मीका कारण फैलने विभिन्न रोगको उपचारको लागि रगतको कमी हुन नदिन ‘रगत दिउ मायाँ बाँढौ’ भन्ने मूल नाराका साथ ‘बेटर बाँके’ले कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्णबहादुर थापाको प्रमुख अतिथ्यमा आयोजना गरेको सो रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको बेटर बाँकेका अध्यक्ष युवराज देवकोटाले जानकारी दिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको रक्त सञ्चार केन्द्रमा आयोजना गरिएको सो कार्यक्रममा वडा अध्यक्ष थापाले केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत राख्ने थैली हस्तान्त्रण गरेर कार्यक्रमको उद्दघाटन गरिएको थियो ।
वडा अध्यक्ष थापाले विरामीको उपचारमा रगतको अभाव हुन नदिनको लागि बेटर बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रमले अरुको जीवन बाँच्ने भएको भन्दै यस्ता कार्यले समाजलाई सचेतना फैलाउने बताए ।
बेटर बाँकेले जिल्लामा विभिन्न खालका सामाजिक गतिविधी गर्दै समाजलाई सचेतना फैलाउन, जिल्लाको विकासमा साझेदारी गर्नलगायतका गतिविधिमा विभिन्न निकायसंग समन्वय गर्दै आईरहेको बाँकेका युवाहरुको संस्था हो ।
बेटर बाँकेले यसअघि पनि रक्तदान कार्यक्रमको आयोजना गरेको, सरसफाई, तथा युवालाई सचेतानामूलक मोटिभेसन कार्यक्रम सम्पन्न गरिसकेको अध्यक्ष देवकोटाले बताए । उनले आगामि दिनका पनि विभिन्न सचेतनामुलक कार्यक्रम गर्न योजना रहेको बताए ।  

Next Post

राधापुरमा बालबिवाहबिरुद्ध सक्रिय हुँदै बालक्लव

२ असार २०७५, शनिबार २०:२१
सदरलाइनडटकम ३ असार, खजुरा (बाँके) : सामाजिक कलंकको रुपमा रहेको बालविवाहका बिरुद्धः बाँकेको खजुरा गाउपालिका वडा नं. १ राधापुरमा बालक्लब सञ्ंजालमा आवद्ध बालबालिकाहरु सक्रिय हुदै आएका छन् । खजूरा गाउँपालिकाको सहयोगमा समृद्धिका पाईला बाँकेले राधापुरमा आयोजना गरेको बाल बिवाहबिरुद्धको चेतनामुलक कार्यक्रममा सहभागी बालबालिकाहरुले राधापुरलाई बालविवाह मुक्त वडा बनाउन बाल क्लबमा […]