संघीयताबिरुद्ध भ्रम छरिँदै छ : मुख्यमन्त्री पोखरेल

७ आश्विन २०७६, मंगलवार १८:४१
 

सदरलाइनडटकम,
दाङ : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अहिले जनतामा निराशा पैदा गर्ने कार्य भईरहेको बताएका छन् । तुलसीपुरमा मंगलवार भएको नेपाल हेभि ईक्युपमेन्ट अपरेटर संघ प्रदेश नं. ५ स्तरीय भेलालाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले अहिले संघीयताबिरुद्ध जनतामा भ्रम छरेर राजनीति गर्न खोजिएको भन्दै यसरी भ्रम छरेर नेता बन्न नसकिने स्पष्ट पारे ।
‘अहिले संघीयताको बिरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थप्ने कार्य भईरहेको छ’ उनले भने ‘तर नेता बन्न निराशा हाईन्, जनतामा आशा थप्ने जस्ता कुराहरु जनतामा लिएर जानुपर्छ ।’ मुलुक संघीयतातामा गएसंगै विकास निर्माणका काम तिब्र रुपमा अघि बढेपछि संघीयतालाई असफल बनाउन केही नेताहरुले संघीयताका बिरुद्धमा भ्रम सिर्जना गर्ने गरेको समेत बताए ।
‘मुलुकमा तीन तहका सरकारमा जनप्रतिनिधि आएपछि प्रशासनीक खर्च भने बढेको छ, २० हजार बढि कर्मचारीले काम गरिरहेका छन’, उनले भने ‘त्यो रकम जागिर खाने तिनै कर्मचारीको घरमा जाने हो, जनताकै घरमा जाने हो ।’

Next Post

काँग्रेसको दोस्रो चरणको जागरण सम्पन्न

७ आश्विन २०७६, मंगलवार १८:४१
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपाली काँग्रेसले गत भदौ २४ गतेदेखि थालेको दोस्रो चरणको जागरण अभियान सकिएको छ । ७७ वटै जिल्लामा मंगलबार काँग्रेस नेताहरुले सरकारको विरोधमा विभिन्न कार्यक्रम गर्दै दोस्रो चरणको जागरण अभियानको समापन गरेका हुन । बाँकेमा पनि जागरण अभियानमा जागरण सभालाई सम्वोधन गर्ने वक्ताहरुले बाँकेको सीतापुर घटनाको निन्दा गरेका […]