भेरी अस्पतालमा एमोले निकट युवासंघको सहयोग

सदरलाइन संवाददाता ११ बैशाख २०७८, शनिबार १८:३९
 


नेपालगञ्ज : बाँकेमा कोभिड–१९ को संक्रमण दर अधिक बृद्धि भएसंगै अस्पतालमा अक्सिजनको खपत अत्याधिक हुँदै आएको र अक्सिजनको अभाव हुन नदिन विभन्न व्यक्ति, क्षेत्र तथा संस्थाहरुबाट पहल हुँदै आएको छ ।   यसैक्रममा राष्ट्रिय युवा संघ बाँकेले भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिदका लागि १ लाख ३२ हजार ७ सय ५० रुपैयाँ सहयोग हस्तान्त्रण गरेको छ ।

शनिबार दिउँसो राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारको नेतृत्वमा गएको टोलीले भेरी अस्पताल परिसरमै पुगेर सो रकम अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धिताललाई हस्तान्तरण गरेको हो ।

कोरोनाको महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न थोरै भए पनि सहयोग पुराउने उद्देश्यले राष्ट्रिय युवा संघका युवाहरुबाट स्वस्फूर्त रुपमा उठेको उक्त रकम भेरी अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन खरिद गर्नका लागि युवा संघले अस्पताललाई सहयोग गरेको राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तीलकबिर सुनारले बताए ।


अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको थाम्न नसक्ने गरी चाप बढेको अवस्था रहेको र लगभग सबै बिरामीहरुलाई अक्सिजन दिनुपर्ने अवस्था भएको जानकारी गराउँदै अक्सिजनको खपत एकदम बढेकोले अक्सिजनको कमी हुन नदिन भन्दै अक्सिजन खरिदका लागि राष्ट्रिय युवा संघले गरेको सहयोग प्रति अस्पताल विकास समितिलाई कोरोना विरुद्धको लडाइँमा अझ प्रोत्साहन मिलेको बताउदै अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले युवा संघको टोलीलाई आभार सहित धन्यवाद व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापा, अस्पताल बिकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ, धनराम वली र नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकाललगायतको उपस्थिति रहेको थियो ।

यसैबीच अस्पताललाई आवश्यक पर्ने अक्सिजनका लागि बाँकेका संसद ईस्तियाक राईले संसदिय विकास समितिको रकमबाट ५० लाख रकमान्तर गर्ने घोषणा गरेका छन् । भने नेपालगञ्ज वडा नं. ४ का वडा अध्यक्ष सफिक बेहनाले २ लाख हस्तान्त्रण गरिसक्नु भएको छ । दाङका ब्यबसायी माल्टी सप्लायर्सका प्रबन्धक संगम शाहले १लाख ११ हजार १ सय ११ दिएका छन् । भेरी अस्पतालमा दैनिक २ देखि साढे २ लाख बराबरको अक्सिजन खपत हुँदै आएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला नेतृ सिद्दिकीकाे काेराेना संक्रमणका कारण मृत्युु

११ बैशाख २०७८, शनिबार १८:३९
नेपालगञ्ज : नेपालगञ्जका समजसेवी तथा महिला नेत्री एवम पहिलाे संविधान सभाका सदस्य माेहम्मदी सिद्दिकीकाे काेराेना संक्रमणका कारण उपचारकाे क्रममा मृत्युु भएको छ। काेराेना स्ंक्रमणपछी भेरी अस्पतालमा उपचारकाे लागि भर्ना भयकी उनकाे उपचारकाे क्रममा निधन भएकाे हाे । बाँकेबाट पहिलाे संबिधानसभामा नेपाली कांग्रेसबाट प्रतिनिधित्व  गरेकी संविधानसभा सदस्य  सिद्दीकीको कोरोना संक्रमणबाट मृत्यु […]

सम्बन्धित

ताजा अपडेट