सबै कर्मचारीलाई कोरोना देखिएपछि वडा कार्यालय बन्द

सदरलाइन संवाददाता ७ बैशाख २०७८, मंगलवार १३:०९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयका सबै कर्मचारीलाई कोरोना पुष्टि भएको छ । वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाअध्यक्ष प्रमोद रिजालले परिस्थिती अनुकुल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको बताएका छन् ।

कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गर्दै आएको सेवा प्रवाह प्रभावित बनेको छ । उनले भने–‘वडाका सवै कर्मचारीलाई कोरोना लाग्यो, आज एक जना कर्मचारी र एक जना जनप्रतिनिधी पीसिआर जाँच गराउन गएका छन् । यस्तो अवस्थामा कोरोना झन फैलिन सक्ने भन्दै परिस्थिती अनुकुल नभएसम्मका लागि वडा बन्द गरिएको छ ।

वडाअध्यक्ष रिजालका अनुसार सोमवार आएको पीसिआर रिर्पोटमा ३ जना र अस्ति आएको रिर्पोटमा ३ जनामा कोरोना पुष्टि भएको छ । यसरी हेर्दा वडाका ३ महिला र ३ पुरुष गरि ६ जना कर्मचारीलाई कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु कार्यालय प्रमुख, लेखापाल, प्राविधिक, अनमि, सहजकर्ता लगायतका कर्मचारी छन् ।


यसरी संक्रमित हुनेहरु सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको वडाअध्यक्ष रिजालले जानकारी दिए । उनले भने संक्रमित हुनेहरुमध्ये केहीलाई ज्वोरो, कसैलाई खोकी, कसैलाई रुघा लागेको छ भने कसैलाई ज्वोरो, रुघाखोकी लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चैते दशैँ आज मनाइँदै

७ बैशाख २०७८, मंगलवार १३:०९
नेपालगञ्ज : चैते दशैँ पर्व आज मंगलवार नेपालीले घरघरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् । आश्विन शुक्ल […]