सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको खजुरा गाउपालिका– २ का च्याउ उत्पादक कृषक लालबहादुर सुनारले राष्ट्रिय सम्मान पाउने भएका छन् । यसअघि उत्कृष्ठ राष्ट्रिय कृषक पुरस्कार प्राप्त गर्न सफल कृषक सुनारलाई असोज ४ गते विहिबार काठमाडौमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा कृषि सूचना तथा प्रशिक्षण केन्द« र नेपाल कृषि प्रसार समितिले सम्मान गर्ने भएको हो ।
प्रधानमन्त्री केपि शर्मा वलिको प्रमुख आतिथ्यमा सुनारले कृषि उद्यमशिलताको क्षेत्रमा गरेको कार्यको कदर गर्दै सम्मान गर्न लागिएको कृषि सुचना तथा प्रशिक्षण केन्द्रका अध्यक्ष निरु दाहाल पाण्डेले जानकारी दिईन ।
कृषि सुचना तथा प्रशिक्षण केन्द्र र नेपाल कृषि प्रसार समितिको सयुक्त आयोजना तथा इन्टरनेशनल सोसाइटी अफ एक्सटेन्सन एजुकेशन, भारतको सहकार्य एवं कृषि तथा बन विज्ञान विश्वविद्यालय, खाद्य तथा कृषि संगठन, युएसएआइडि किसान २ परियोजना र नेशनल इन्स्टीच्युट अफ एग्रिकल्चर एक्सटेन्सन म्यानेजमेन्ट भारतको सहयोगमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्मान कार्यक्रम आयोजना गरिने भएको हो ।
देशभरबाट दुईजना कृषकलाई सम्मान गरिने सम्मेलनमा सुनार सगै कन्चनपुरका महिला उद्यमि कलावती भट्ट पनि सम्मानित हुने मन्त्रालयले जनाएको छ । कृषक सुनारलाई केहि महिना अघि नेपाल सरकारले १ लाख नगदसहित राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट सम्मानित गरेको थियो ।