खजुरामा होटल वेटर तालिम

सदरलाइन संवाददाता ३० चैत्र २०७७, सोमबार १४:४६
 

खजुरा (बाँके) : खजुरा गाउँपालिकाको आर्थिक सहयोग र रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिको आयोजनामा ३० दिने होटल वेटर तालिम सञ्चालन भएको छ । खजुरा गाउँपालिका भित्रका बेरोजगार २० जना युवा युवतीलाई रोजगारको अवसर दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिम पश्चात रोजगारको समेत ग्यारेण्टी दिने गरि आयोजना गरिएको रिसर्च इम्पावरमेन्ट एण्ड सपोर्ट प्रालिका होमबहादुर सुनारले जनाएका छन् । चैत २५ देखि २०७८ बैशाख २५ सम्म सञ्चालन हुने तालिम खजुरा स्थित मिनीपार्क होटलमा सञ्चालन भैरहेको छ ।


होटल वेटर तालिमले बेरोजगार युवा युवतीलाई रोजगारको अवसर प्राप्त हुने खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जनाए । होटल ब्यबसाय क्षेत्रमा वेटरको बढ्दो मागलाई मध्यनजर गर्दै खजुरा गाउँपालिकाले आयोजनागरेको होटल वेटर तालिमले बेरोजगार युवालाई प्रत्यक्ष फाईदा पुग्ने होटल ब्यबसाय संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए ।

खजुरा गाउँपालिका वडा नं ४ का अध्यक्ष तिलकबिर सुनारले बढ्दो बेरोगारी समस्या हल गर्न सहयोग सिद्ध हुने बिश्वास ब्यक्त गरे । खजुरा स्थित मिनीपार्क होटलमा सञ्चालन गरिएको तालिमको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति र होटल ब्यबसाय संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले संयुक्त रुपमा तालिमको उद्घाटन गरेका हुन् ।

Next Post

बाँकेमा ७८ मध्ये ४१ जनामा कोरोना पुष्टि

३० चैत्र २०७७, सोमबार १४:४६
नेपालगञ्ज : बाँकेमा फेरि कोरोना उकालो लाग्दै गएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालको ल्यावमा ७८ जनाको पिसिआर परीक्षण गरिएकोमा ४१ जनामा संक्रमण पुष्टि भएको हो । वलीका […]