ठूलो परिमाणको चरेससहित बाँकेमा दुर्ईजना पक्राउ

सदरलाइन संवाददाता १२ चैत्र २०७७, बिहीबार १७:२९
 

नेपालगञ्ज : बाँकेमा १२ किलोे चरेससहित दुर्ईजना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीस्थित न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलको कोठा नम्बर १०१ बाट रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ७ घर बताउने रुद्र बहादुर बुढा र रुकुम पूर्वको भुमे गाउँपालिका ७ घर बताउने रवि पुनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

लागूऔषध चरेसको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले उक्त होटल तलासी लिने क्रममा कोठा नम्बर १०१ मा रहेका उनीहरुको तलासी लिँदा उनीहरुले ल्याएको जेब्रा झोलाभित्र बाहिर खैरो रंगको प्लाष्टिक टेपले बेरी राखेको १२ वटा प्याकेटमा रहेको चरेस बरामद गरेको जनाएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

बाँकेमा चैत २० देखि हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

१२ चैत्र २०७७, बिहीबार १७:२९
नेपालगञ्ज : बाँकेमा पौने ६ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ । स्वास्थ्य कार्यालय बाँकेले बिहीवार नेपालगञ्जमा पत्रकार अन्तरक्रिया गरेर हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रमबारे जानकारी गराएको हो । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन ४ […]

सम्बन्धित