एन्फा प्रेसिडेन्ट लिग–२०७७

शुक्रबारको खेलमा मनकामना र सैनिक युथ क्लबको जित

एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा सुदूपश्चिमको स्टारसिटी एक खेल अगावै बन्यो च्याम्पियन

सदरलाइन संवाददाता १३ चैत्र २०७७, शुक्रबार १९:१३
 

नेपालगञ्ज : नेपालगञ्ज रंगशालामा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ फुटबलमा मनकामना युवा क्लब रौतहटले त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ । शुक्रबारै भएको अर्को खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमती प्रदेशको धादिङ समाज धादिङलाई २–० ले पराजित गरेको छ ।

सैनिकको जितमा जीवन गुरुङले ३६ औं मिनेट र सुरज सिंह ठकुरीले ९३औं मिनेटमा गोल गरेका थिए । खेलमा सैनिकका राजेश परियार म्यान अफ द म्याच घोषित भए । उनलाई नुवाकोट फुटबल संघका महासचिव विष्णुप्रसाद चालिसेले पुरस्कृत गरे ।

यसैगरी शुक्रबारको खेल मनकामनाले जितपछि एक खेल अगावै सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलाली लिग च्याम्पियन बनेको छ ।


शुक्रबार मनकामनाको जितमा भुवन बस्नेतले सुरुआतको नबौं मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाएका थिए । त्यसपछि पेनाल्टी अवसरमा ५८औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए । भुवन खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बागमती प्रदेश फुटबल संघका वरिष्ट उपाध्यक्ष दिपक चित्रकारले पुरस्कृत गरे । यसैगरी त्रिवेणीका लागि अविशेख लिम्बुले २९आंै मिनेटमा गोल गरे ।

पाँच खेल खेलेको स्टारले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ । त्यो खेलको नतिजा जे आएपनि स्टारसिटी शिर्ष स्थानमा रहँदै च्याम्पियन बन्ने पक्का भएको हो । त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ भने मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ ।

प्रतियोगिता अन्तर्गत शनिबार लुम्बिनी प्रदेशको धम्बोझी क्लब र कर्णालीको लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।

Next Post

भारतमा कोरोना संक्रमण बृद्धि हुँदा सीमा क्षेत्रमै शुरु गरियो ‘एण्टिजिन’ परीक्षण

१३ चैत्र २०७७, शुक्रबार १९:१३
नेपालगञ्ज : भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट नाकामा आवगमन गर्नेलाई चेकजाँच गर्नुको साथै कडाई शुरु गरिएको छ । भारतमा कोरोना बढेपछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमानामा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांङ्गले जानकारी दिए । उनले […]