नेपालगञ्ज : नेपाल फिजियोथेरापी संघको कर्णाली प्रदेश शाखा गठन गरिएको छ । गठन गरिएको कार्यसमितिमा ५७ महिलाको सहभागिता छ । संघले शाखा विस्तार गर्ने क्रममा सोमबार कर्णाली प्रदेश शाखा गठन गरिएको हो ।
थोमस गिरीको अध्यक्षमा ५ सदस्यीय कमिटि गठन गरिएको नेपाल फिजियोथेरापी संघले बताएको छ । गठन गरिएको नयाँ कार्यसमितिको सचिवमा उमाशंकर साह, कोषाध्यक्षमा शिखा देवकोटा, सदस्यहरुमा गोबिन्द शाही, धना खड्का, पिन्सी सिग्देल, रुस्मा कठायत रहेका छन् ।
सोमबार संघका केन्द्रिय अध्यक्ष लक्ष्मण अधिकारी, महासचिव समित श्रेष्ठ, केन्द्रिय सदस्य सुरज भुषाल, लुम्बिनी प्रदेशका अध्यक्ष जगदिश खनाल, उपाध्यक्ष हितेश न्यौपाने र कोषाध्यक्ष संजय पाण्डे उपस्थितीमा कर्णाली प्रदेश शाखा गठन गरिएको हो ।
समग्र फिजियोथेरापिष्टहरुको हकहितको निम्ती काम गर्ने उद्देश्यले स्थापना भएको संघले सातै वटा प्रदेशमा शाखा विस्तार गर्ने अभियान चलाएको छ । जस अन्तर्गत सोमबार कर्णाली प्रदेश शाखा गठन गरिएको संघका केन्द्रिय सदस्य सुरज भुषालले बताए । केहिदिनमा सुदुरपश्चिम शाखा पनि गठन गर्ने योजनामा रहेको उनले बताए ।