बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद

सदरलाइन संवाददाता ३ चैत्र २०७७, मंगलवार ०८:५२
 

सुर्खेत : जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने एकजना महिलालाई साढे तीन वर्ष कैद सजाय सुनाएको छ ।

न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई सोमबार तीन वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

ती महिलाले वीरेन्द्रगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।

झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए ।

श्रेस्तेदार बास्कोटका अनुसार कैद सजाय तोकिएकी ती महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरिएको छ ।

Next Post

सशस्त्र द्वन्द्वकालमा हराएका परुप्रसाद २२ वर्षपछि घर फर्किए

३ चैत्र २०७७, मंगलवार ०८:५२
बाजुरा : सशस्त्र द्वन्द्वकालमा बेपत्ता भएका बाजुराको स्वामी कार्तिक खापर गाउँपालिका–४ का परुप्रसाद जोशी २२ वर्षपछि घर फर्किएका छन् । उनी घर पर्किएपछि परिवारमा खुसी छाएको छ । २०५५ सालमा कक्षा ८ मा पढ्दै गरेका जोशी बेपत्ता भएका थिए । उनीसँगै सोही गाउँका पासवान कैला र गोरे धामी पनि हराएका […]