कोहलपुर–१३ मा राप्रपानिकट महिला संगठनको कार्यसमिति गठन

सदरलाइन संवाददाता २९ फाल्गुन २०७७, शनिबार १९:०४
 

कोहलपुर (बाँके) : राप्रपा निकट कोहलपुर नगरपालिका महिला संगठनले वडानं १३ मा छुपुकुमारी डाँगीको अध्यक्षतामा २७ सदस्यीय वडा कार्यसमिति गठन तथा सक्रिय सदस्यता वितरण कार्यक्रम शनिबार गरेको छ ।


राप्रपाका केन्द्रीय कार्य सम्पादन समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत ढकालले सो अवसरमा बोल्दै काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएको दाबी गर्दै भने–‘ अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्न आवश्यक रहेको छ ।’ उनले महाधिवेशनलाई भब्य र सभ्य बनाउने अभियानमा अघि बढ्न बताए ।

कार्यक्रममा राप्रपा जिल्ला कोषाध्यक्ष तथा क्षेत्र नं १ का संयोजक यमबहादुर रावत, राप्रपा बांकेका जिल्ला सदस्य लालबहादुर वली, जिल्ला सदस्य अर्जुन जंग शाह लगायतले भनाई राखेको राप्रपा पार्टी प्रवक्ता श्रीधर सुवेदीले जनाएका छन् । कार्यक्रम महिला संगठन नगर अध्यक्ष एवं केन्द्रीय सदस्य लक्ष्मी हमालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Next Post

श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध

२९ फाल्गुन २०७७, शनिबार १९:०४
काठमाण्डौ : श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने भएको छ । राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन भनेको बीबीसीले जनाएको छ । यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न […]