सरकारमा गएका मन्त्रीलाई तत्काल फिर्ता आउन माओवादी केन्द्रको निर्देशन

सदरलाइन संवाददाता २९ फाल्गुन २०७७, शनिबार १२:२८
 

काठमाण्डौ : नेकपा (माओवादी केन्द्र)ले आफ्नो पार्टीबाट सरकारमा सरकारमा गएका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाएको छ ।

माओवादी केन्द्रको शनिबार पेरिस डाडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन् । यस्तै बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत दिइएको छ ।

त्यसैगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहको सरकारमा गएका यीमन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग समेत गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला अर्को सूचना जारी नभएसम्मका लागि स्थागित गरेको छ ।

Next Post

महिलामैत्री भलिबल नेपालगञ्जमा शुरु

२९ फाल्गुन २०७७, शनिबार १२:२८
नेपालगञ्ज : राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको आयोजनामा नेपालगञ्ज रंगशालामा महिलामैत्री भलिवल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा महिला संगठनका नेता, कार्यकर्ता सहित नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, घरेलु महिला सन्जाललगायतका महिलाहरूका १० वटा टीम सहभागी भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष एवं राप्रपा नेता मोहम्मद […]