नरैनापुरका अग्नी पीडितलाई लयान्सको राहत

सदरलाइन संवाददाता २५ फाल्गुन २०७७, मंगलवार १९:१२
 


नरैनापुर (बाँके) : सोमबार बिहान नरैनापुर –१ सुईयामा भएको आगलागी पीडितलाई लायन्स क्लवले राहत सामाग्री उपलब्ध गराएको छ । सोमबार बिहान सुईयाको दलित बस्तीमा आगलागी हुँदा २४ घर जलेर पूर्ण नष्ट भएका थिए ।

यस अघि जिल्ला दैबि प्रकोप व्यवस्थापनबाट १५ हजार नगद, रेडक्रशबाट त्रिपाल भाँडाकुँडा र गाउपालिकाबाट तत्काल खानाको व्यवस्था गरिएको थियो ।


नरैनापुरका आगलागि पीडितलाई लायन्स क्लव अफ ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ र सो अन्तरगत क्षेत्र नं. ६ बाँके र बर्दियाका लायन्स र लियो क्लबहरुले २५ किलो चामल, २ लिटर तेल, १ किलो दाल, १ किलो नून, १ पाकेट चिउरा, ३ पाकेट चाउचाउलगायतको राहत समाग्री पीडित २४ घर परिवारलाई बितरण गरेको हो ।

नेपालगञ्जबाट सो राहत सामग्री लिएर लायन्स क्लव डिस्टीक ३२५ बी–२का पूर्व डिस्टिक गर्भनरद्वय मधुसुदन शर्मा र सेम शाक्य, तथा मुकुट ढकाल, चिन्तमणी धिताल लगायतको उपस्गितिमा सो राहत बितरण गरिएको थियो ।

Next Post

नक्कली नोट र मेसिनसहित कञ्चनपुरमा १ जना पक्राउ

२५ फाल्गुन २०७७, मंगलवार १९:१२
कञ्चनपुर : कञ्चनपुरमा नक्कली नोट र नोट छाप्न प्रयोग गरिने मेसिनसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका–९ पिपरिया बस्ने २५ वर्षीय सञ्जय रानालाई नक्कली नोट, छाप्न प्रयोग हुने मेसिन लगायतका अन्य सामाग्रीसहित पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए । उनका अनुसार […]

सम्बन्धित

ताजा अपडेट