न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

सदरलाइन संवाददाता २१ फाल्गुन २०७७, शुक्रबार १०:००
 

काठमाण्डौ : न्युजिल्याण्डमा ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिस्बन सहरबाट झण्डै १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको बीबीसीले जनाएको छ ।

तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको छ । उत्तरी क्षेत्रका टापुहरुको तटीय क्षेत्रमा सुनामीको सम्भावना रहेको भन्दै सुरक्षित रहन आग्रह गरिएको छ ।


न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन भनेको छ । भूकम्पका कारण अहिलेसम्म कुनै क्षति भएको विवरण आएको छैन ।

Next Post

होटल व्यवसायी संघ बाँकेको साधारण सभा तयारी अन्तिम चरणमा

२१ फाल्गुन २०७७, शुक्रबार १०:००
नेपालगञ्ज  :  होटल व्यवसायी संघ बाँके नेपालगञ्जको माघ २२ गते शनिबार नेपालगञ्जमा तय भएको १६ औं र १७ औं साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । संघका अध्यक्ष भिमलाल कडेलले कोभिड–१९ को कहरका कारण हुन नसकेको गत वर्षको १६ औं साधारण सभा पनि एकै साथ गर्न लागिएकोे बताए । […]