सनविम माविको विज्ञान प्रदर्शनीमा यस्तो देखियो (फोटो कथा)

१ पुष २०७५, आईतवार ११:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज   : आदर्श गु्रपद्वारा सञ्चालित नेपालगञ्जको सनविम मावि धम्बोझी वाटरपार्कमा अध्यनरत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले आर्ट, क्राफ्ट एण्ड साइन्स एक्जिविशनको आयोजना गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्रीहरु प्रदर्शन गरिएको सो कार्यक्रमको नेपालगञ्ज उप–महानगपालिकाका उप प्रमुख उमा थापा मगरले अवलोकन गर्दै बालबालिकाको प्रयास अत्यन्तै सराहनिय भएको बताईन ।
उनले सनविम माविले गुणस्तरीय शिक्षा संगसंगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अग्रसर गराउदा विद्यार्थीको सिकाईमा समेत सहयोग हुने र विद्यालयको प्रयास अत्यन्त सराहनीय भएको भन्दै विद्यालयलाई आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताईन । विद्यार्थीहरुको कला र ज्ञानको उनले प्रशंसा पनि गरिन ।
विद्यालयका कार्यकारी निर्देशक डा.राजकुमार सुवेदीले विद्यार्थीहरुमा अन्तरनिहित ज्ञान र कलाको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । उनले विद्यालयले अन्य यस्तै अतिरिक्त क्रियाकलाप पनि नियमित गर्दै आएको र भविष्यमा पनि निरन्तरता दिइने बताए ।
एक्जिविशनमा विद्यालयका अध्यक्ष गिरिराज पौडेलले विद्यार्थीलाई किताबी ज्ञानको साथै अन्य एक्ट्रा एक्टिभिटि पनि गराउनु पर्छ भन्ने सोच अनुसार यस्तो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
विद्यार्थीहरुले तयार गरेका सामग्रीहरुको एक्जिविशन अवलोकन गर्न नेपालगञ्ज उप–महानगर उपमेयर थापामगर, सञ्चालक समिति सदस्य प्रकाश लामिछाने, अभिभावक, शिक्षक, पत्रकार लगायतले विद्यार्थीहरुको प्रतिभा अवलोकन गर्दै प्रोत्साहन गरेका थिए ।      

Next Post

अवैध भारतीय रुपैयाँसहित पर्सामा एक पक्राउ

१ पुष २०७५, आईतवार ११:०२
सदरलाइनडटकम, जनकपुरधाम : पर्साको वीरगञ्जबाट अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ को शंकराचार्य गेटबाट ५ लाख ६३ हजार ४ सय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सितामढी जिल्ला जमुवा बस्ने ४० वर्षीय ओम […]

सम्बन्धित