ओली सरकारले गरेको विकास आफ्नै ठाउँमा उभिएर हेर्न कृषि मन्त्री अर्याल आग्रह

सदरलाइन संवाददाता १० फाल्गुन २०७७, सोमबार १६:२४
 

स्याङ्जा : कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गरेकी छन् । ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार (आज) गृहजिल्ला स्याङ्जामा त्यस्तो बताएकी हुन ।

स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलन्यास गर्दै मन्त्री अर्यालले विकास हेर्न टाढा जान नपर्ने बताउदै भनिन–‘यो ३ वर्षमा विकास कति भयो आँफै उभिएको ठाउँमा हेर्नुस् । नेपालका ७५३ स्थानीय तहहरुमा विकासको गति विगत भन्दा तिब्र अगाडि छ ।’ दिनलाई रात बनाउन दुश्साहस गर्नेहरुले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उनको भनई थियो ।

‘हरेक पालिकामा बृहत् खानेपानी योजना सुरु भएका छन् । यहि सरकारको कार्यकालमा देशका ३९६ स्वास्थ्य केन्द्रहरुको शिलन्यास भएका छन् ति मध्ये केही सकिए केही निर्माणाधिन छन्’, उनले भनिन । सहज स्वस्थ्य सेवा जनताको पहुँचमा पु¥याउन होस् वा स्वच्छ पिउने पानी घर–घरमा पु¥याउन सरकार जनतासँग प्रत्यक्ष जोडिएको मन्त्री अर्यालको भनाई थियो ।


स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिका दपुर जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको उनले शिलन्यास गरिन । २०७७ भदौ १ गते सम्झौता गरिएको मोटरेबल पुल सम्झौताको ३३ महिनामा सक्नुपर्ने समय सीमा रहेको छ ।

गौरी पार्वती न्यू टेक्निकल जेभि कुपनडोलले निर्माणले जिम्मा लिएको पुल पिएस र भ्याट सहित १५ करोड ३९ लाख २८ हजार ६७९ रुपैँया ५० पैसामा सम्झौता भएको हो । १.७५ दयाँबायाँ फुटपाथ रहने पुल ११ मिटरको चौडाई रहने छ । १२० मिटर लम्बाईको पुल २ स्पान रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख भिमअर्जुन कंडेलले जानकारी दिए । ओपन फाउण्डेसनमा बन्ने पुल योजना पश्चिम क्षेत्र सेक्टर नं. ४ पाल्पाले हेर्नेछ ।

Next Post

भेरी अस्पताल आसपास पार्किङ गरे १ हजार जरिवाना

१० फाल्गुन २०७७, सोमबार १६:२४
नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पताल अगाडि पार्किङ गरे जरिवाना तिर्नुपर्ने भएको छ । अस्पताल अगाडि जथाभावी सवारीसाधन पार्किङ गरेर अस्तब्यस्त रुपमा छोडिएका आधा दर्जन मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके, भेरी अस्पताल, मालपोत र नापी कार्यालय अगाडि पार्किङ गरे जरिवाना गरिने बताएको छ […]