हातपात गर्नेमाथि कारबाही गर्न भेरी अस्पतालको माग

सदरलाइन संवाददाता २० माघ २०७७, मंगलवार १७:१६
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगन्जमा चिकित्सक तथा नर्सिङ स्टाफमाथि हातपात र दुर्व्यवहार गर्नेहरुको पहिचान गरि कानुनी कारबाही गर्न अस्पताल बिकास समितीले माग गरेको छ ।

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसहित ८/१० जना युवाहरु सोमवार अस्पतालमा प्रवेश गरि डिउटीमा खटिएका चिकित्सक र नर्समाथि हातपात र दुर्व्यवहार गरेका थिए ।

शाही अस्पतालका मेसु डा. प्रकाश थापासँग अस्पतालको विभिन्न बिषयमा छलफल गरिएका बेला शाहीसंगै आएका शिव सुबेदीसहितका युवाले नर्सिङ युनिटमा हुलहुज्जत गरेका थिए ।


नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय भएको अस्पताल बिकास समितिले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।

अस्पताल बिकास समितिका सदस्यहरु कृष्ण प्रसाद श्रेष्ठ, धनराम वलि, सरस्वती मल्ल र मेसु डा. प्रकाश थापाद्वारा जारी बिज्ञप्तीमा घटनामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नको पहिचान गरि कारबाही गर्न माग गरिएको हो ।

Next Post

भेरी शीत भण्डार कोहलपुरमा भट्टराई

२० माघ २०७७, मंगलवार १७:१६
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडको अध्यक्षमा बलराम भट्टराई सर्वसम्मत अध्यक्षमा चयन भएका छन । सो शीत भण्डारको उपाध्यक्षमा यूवराज पौडेल, सदस्यहरुमा गौरीकान्त आचार्य, कोपीला गिरी, सिताराम थारु, गणेशबहादुर कार्की, एनप्रसाद पौडेल, सफिक मोहम्मद गुजर, टेकबहादुर शाही, केशकुमारी शाही र तुलराज शाही चयन भएका […]