भेरी शीत भण्डार कोहलपुरमा भट्टराई

सदरलाइन संवाददाता २० माघ २०७७, मंगलवार १८:४९
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडको अध्यक्षमा बलराम भट्टराई सर्वसम्मत अध्यक्षमा चयन भएका छन ।

सो शीत भण्डारको उपाध्यक्षमा यूवराज पौडेल, सदस्यहरुमा गौरीकान्त आचार्य, कोपीला गिरी, सिताराम थारु, गणेशबहादुर कार्की, एनप्रसाद पौडेल, सफिक मोहम्मद गुजर, टेकबहादुर शाही, केशकुमारी शाही र तुलराज शाही चयन भएका छन ।


यसैगरी लेखा समितिको संयोजकमा अमरबहादुर खड्का सदस्यहरुमा बिष्णुकान्त आचार्य र रमिला थापा चयन भएको निर्वाचन परिचालन कमिटीका संयोजक होमप्रकाश सुवेदीले जानकारी दिए ।

शित भण्डारमा आयोजित एक कार्यक्रममा नवनिर्बाचित पदाधिकारीहरुलाई निर्वाचन परिचालन कमिटीका संयोजक सुवेदीले सपथ तथा पदभार ग्रहण गराएका थिए । फोटो कोहलपुर टाइम्स डट कमबाट 

Next Post

सिद्धार्थ भ्यु पश्चिमको बाटो कालोपत्रेका लागि शिलन्यास

२० माघ २०७७, मंगलवार १८:४९
नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगर वडानं १८ मा विकास निर्माणको गतीले तीब्रता लिएको छ । पछिल्लो समयमा वडाको सुर्खेतरोड होटल सिद्धार्थ भ्युदेखि पश्चिम स्वास्थ्य चौकी जाने बाटो पक्की नालासहित ८ मिटर सडक कालोपत्रे गर्ने कार्यत्रो शिलान्यास गरिएको छ । वडा अध्यक्ष दीपककुमार बर्माले शिलन्यास गरेको सो सडकको लम्बाई ५ सय ७५ […]