जानकीमा रनिङ्गशिल्ड प्रतियोगिता शुरु

सदरलाइन संवाददाता ८ चैत्र २०७७, आईतवार १७:१३
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा आइतवारदेखि पालिकास्तरीय १३औं राष्ट्रपति तथा बिद्यालयस्तरीय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । जानकी गाउँपालिका वडा नम्बर–३ मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता शुरु भएको हो ।

गाउँपालिकाको आयोजनामा शुरु भएको सो प्रतियोगितामा विभिन्न बिधाका १७ वटा खेलकुद समावेश गरिएको छ । पालिका भित्र रहेका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी विभिन्न ३६ वटा विद्यालयका छात्र र छात्रा गरी ३ सय ५८ जना विद्यार्थीहरुले भाग लिएको आयोजकले जनाएको छ । तीन दिनसम्म चल्नेछ प्रतियोगिताको शुरुवातमा सहभागी बिभिन्न बिद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

प्रतियोगिताको आइतबार एक समारोहबीच लुम्बिनी प्रदेश सभा सदस्य बाबुराम गौतमले उदघाटन गरेका छन् । उदघाटन समारोहमा प्रमुख अतिथि प्रदेश सांसद गौतमले विद्यार्थीहरुको चौतर्फी बिकासका लागि पढाइ मात्र नभएर शारीरिक र मानसिक बिकासका लागि खेलकुद महत्वपूर्ण भएको बताए । उनले पढाईका साथसाथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप विद्यार्थीहरुका लागि महत्वपूर्ण रहने बताए ।

उदघाटन समारोहमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख राम सुरेश यादव, गाउँपालिका अध्यक्ष राम निवास यादव, उपाध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना लगायतको उपस्थिति रहेको थियो ।

Next Post

अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवसमा भेरी अस्पतालका विरामीलाई फलफूल

८ चैत्र २०७७, आईतवार १७:१३
नेपालगञ्ज : अन्तरास्ट्रिय जातिय विभेद उन्मुलन दिवस २१ मार्च को अवसरमा नेपालगञ्जको भेरी अस्पतालमा रहेको सुत्केरी र कुपोषणमा रहेका बालबालिकालाई फलफुल वितरण गरिएको छ । नेपाल उत्पीडित जातिय मुक्ति समाज बाँकेको आयोजनामा गरिएको सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय देवराज भार, पुजन विश्वकर्मा, प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा बाँके अध्यक्ष […]

सम्बन्धित