नाच्न मनपराउने बैश्यको फेशन डिजाइनर बन्ने लक्ष

१५ माघ २०७६, बुधबार १९:२८
 

 पुर्णिमा कुमारी वैश्य ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित ‘मिस मिडवेष्ट’ को सातौ संस्करणको प्रतियोगी हुन । प्रतियोगी नं.२ बाट परिचित उनी नेपालगञ्ज उप–महानगरपालिका त्रीभुवनचोक निवासी हुन । प्रतियोगी बैश्यको बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग गरिएका कुराकानीको सम्पादित अंश ।

रुचि

म नृत्यमा रुचि राख्छु । न्वारन, वर्तवन्ध र विवाह जस्ता संस्कारमा म सानैबाट नाच्न गर्थे त्यसैले पनि नृत्य मलाई एकदमै मनपर्छ ।

भ्रमण

मलाई भ्रमण गर्न एकदमै मनपर्छ । प्राय मलाई भारत मनपर्छ । सायद मेरो मामा घर भएर पनि होला ।

खाना

मलाई खाना भन्दा पनि फलफुल मनपर्छ । फलफुलमा पनि मलाई एकदमै मनपर्ने भनेको ‘आँप’ हो ।

पहिरन

मेरो मनपर्ने पहिरन सारी हो । हाम्रो संस्कारमा पनि सारी नै लगाईन्छ । त्यसैको प्रभाव पनि हुन सक्छ ।


सिनेमा

मलाई माधुरी दिक्षितले अभिनय गरेको हिन्दी सिनेमा ‘हम साथ साथ हे’ नामक चलचित्र मलाई एकदमै मनपर्छ ।

अविस्मरणिय क्षण

म प्राय खुसी नै हुन्छु । तर, मैले जिवनमा अहिले सम्म तेस्तो अविस्मरणिय केहि पाएकी छैन ।

लक्ष्य

मेरी पारिवारीक पृष्ठभुमि पनि यहि भएका कारण मलाई ‘फेसन डिजाईनर’ बन्न मन छ अथवा भनौ न मेरो लक्ष्य नै एक सफल ‘फेसन डिजाईनर’ बन्नु हो ।

प्रस्तुती  : लक्ष्मी तिमिल्सेना

Next Post

प्रेस स्वतन्त्रता सेनानी पन्ना चाचाको निधन शुक्रबार अन्तिम सस्कार हुने

१५ माघ २०७६, बुधबार १९:२८
सदरलाइनडटकम, नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता ‘चाचा’ को ९१ वर्षको उमेरमा बुधबार राती सवा आठबजे निधन भएको छ । बाँकेको पत्रकारितामा लामो योगदान दिएका चाचाको जीवनको अन्तिम घडिसम्म पनि पत्रकारितामै सक्रियता रहेको थियो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको निधन भएको हो । परिवारका […]

सम्बन्धित