बिनादर्ता इलेक्ट्रिक स्कुटर चलाए कारबाही

२३ जेष्ठ २०७६, बिहीबार १७:१०
 

सदरलाइनडटकम,
काठमाण्डौ : यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । इलेक्ट्रिक स्कुटरहरु बिनादर्ता सडकमा सञ्चालन भइरहेको पाइएको हुँदा त्यस्ता सवारीहरु दर्ता गरेर मात्र सडकमा सञ्चालन गर्न आग्रह गर्दै यातायात व्यवस्था विभागले त्यसरी सञ्चालन गरेको भेटिए कारबाही गरिने जनाएको हो ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनु पर्ने प्रावधान रहेकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गरेको हो । यातायात व्यवस्था ऐन २०४९ को दफा १४ मा अनिवार्य रुपमा सवारी दर्ता गर्नुपर्ने भनेकाले दर्ता नगरी सञ्चालन गरेको भेटिए त्यही ऐनको दफा १६० को उपदफा २ बमोजिम कारबाही गरिने निर्णय भएको सूचनामा उल्लेख छ ।
विभागका शाखा अधिकृत लेबन काश्यप अधिकारीले कारबाहीका लागि आवश्यक व्यवस्था मिलाउन विभागले महानगरीय ट्राफिक प्रहरीसँग सहकार्य गरेको बताए ।

Next Post

सातदोबाटोमा तेक्वान्दो एकेडेमीको उद्घाटन

२३ जेष्ठ २०७६, बिहीबार १७:१०
सदरलाइनडटकम, काठमाडौं : सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एकेडेमीको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन । ८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी ४ तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय […]

सम्बन्धित