डुडुवामा एमालेको घरदैलोमा उत्साहजनक सहभागिता

सदरलाइन संवाददाता २५ बैशाख २०७९, आईतवार १७:२२
 

डुडुवा (बाँके) : डुडुवा गाउँपालिकामा आइतवार भएको घरदैलोमा उत्साहजनक सहभागिता रहेको छ । उक्त गाउँपालिकाको वडा नम्बर ३ मा गरिएको घरदैलोका क्रममा नेकपा एमालेका उम्मेदवारलाई जिताउन स्थानीयले स्वस्फूर्त रुपमा सहभागिता जनाएका हुन् ।

एमालेका तर्फबाट गाउँपालिका अध्यक्षकी उम्मेदवार सरोजकुमारी यादव र उपाध्यक्षका उम्मेदवार शकिल खाँ लगायत एमालेका स्थानीय नेता, कार्यकर्ता, सर्बसाधारणको सहभागिता रहेको थियो ।


घरदैलोमा निस्केका एमालेका उम्मेदवारलाई स्थानीय बासिन्दाले स्वागत गरेका थिए । सो क्रममा गाउँपालिका अध्यक्षकी उम्मेदवार यादव र उपाध्यक्षका उम्मेदवार खाँले आफुहरुलाई एक पटक जनताको सेवा गर्ने अवसर दिन आग्रह गरे ।

‘हामीलाई एक पटक तपाईको सेवा गर्ने अवसर दिनुस्, हामी विजयी भयौं भने तपाईको सेवा गर्नेछौं,’ यादवले भनिन् । उपाध्यक्षका उम्मेदवार खाँले जनताको सेवा गर्नका लागि आफु राजनीतिमा आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

२५ बैशाख २०७९, आईतवार १७:२२
नेपालगञ्ज : नागरिक समाजका अगुवाले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचार संहिता पालनासँगै आवश्यक खवरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित नागरिक समाजको प्रतिनीधीत्व गर्ने पेशागत संघ संगठनका प्रमुख, निर्वाचन पर्यवेक्षक, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी लगायतको सहभागिता रहेको कार्यक्रममा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण […]