कोहलपुर काँग्रेस विबाद अर्को पक्षले निकाल्यो विज्ञप्ती

२६ पुष २०७६, शनिबार १६:२९
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : नेपाली काँग्रेस कोहलपुरको नगरकमिटीको बैठक कक्षमा आक्रमणको विषयलाई लिएर दुई वटा फरक फरक विज्ञप्ती जारी गर्दै आ–आफ्नो दाबी प्रस्तुत भएका छन् ।

सदरलाइनलाई प्राप्त जानकारी अनुसार कोहलपुरमा रहेको त्रीभुवन माविको विद्यालय व्यवस्थापन समितिमा आधिकारिक उम्मेदवार बनाउने विषयमा काँग्रेस भित्र रहेका दुई समुह विभाजित भई बैठक स्थलमा प्रवेश गरेर माईनुट च्यात्नेदेखि कुटपिटमा उत्रेको थियो ।


पहिलो विज्ञप्ती नगरकमिटीका सचिव भुमबहादुर भण्डारीले जारी गरेको विज्ञप्तीमा दिग्विजय जंङ्ग राणा, हर्षिङ कठायत, जनक विक लगायतका समुहले बैठक स्थलमा पुगेर नगर सभापति बलराम शर्मा तथा पदाधिकारी माथि हातपात र माईनुट च्यातेको उल्लेख गरिएको छ ।

यसैगरी सहसचिव गंगा सापकोटा, प्रवक्ता यज्ञबहादुर महतरा र सदस्य यज्ञ बहादुर वलीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा बैठकमा प्रवेश गरेका तरुण दल नगर क्षेत्रीय कार्यसमितिका साथिहरुलाई नगर सभापति शर्मा र सचिव भण्डारीले अभद्र व्यवहार देखाएको विषयलाई लिएर सामान्य भनाभन मात्र भएको उल्लेख गरिएको छ ।

Next Post

साझा प्रजातान्त्रिक समुहबाट रौनियारको नेतृत्वमा मनोनयन दर्ता

२६ पुष २०७६, शनिबार १६:२९
सदरलाइनडटकम, नेपालगञ्ज : आगामी माघ ११ गते हुने नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनको लागि मा ललित कुमार रौनियारले नेतृत्व गरेको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले मनोनयन दर्ता गरेको छ । समूहको प्रचार सचिवालयबाट निस्केको र्यालीमा उम्मेदवारका साथमा उद्योगी, व्यावसायी, नेपालगञ्ज उपमहानगरपालिका मेयर उपमेयर सहितको सहभागिता रहेको थियो । साझा प्रजातान्त्रिक […]