अनुसन्धानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सदरलाइन संवाददाता २५ असार २०७९, शनिबार १७:३६
 

कोहलपुर (बाँके) : मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँकेका शिक्षाशास्त्र संकाय र अनुसन्धान व्यवस्थापन इकाइको आयोजनामा एक दिने अनुसन्धान लेखन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

त्रिवि शिक्षाशास्त्र संकाय स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई अनुसन्धान प्रस्ताव र अनुसन्धान प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिइएको थियो ।

व्यवस्थापनमा प्राध्यापनरत प्राध्यापकहरुलाई बिहानी सत्रमा अनुसन्धान आर्टिकल लेखन सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो भने दिवा सत्रमा स्नातकोत्तर तह चौथो सेमेस्टर शिक्षाशास्त्र संकायका विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको थियो ।


कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यता र क्याम्पस प्रमुख दानबहादर हमालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिहानी सत्रको कार्यक्रमको नेपाली विषयक विभागीय प्रमुख खोपीराम वली र दिवा सत्रको स्वास्थ्य तथा शारीरिक र जनसंख्या शिक्षा विषयक विभागीय प्रमुख ज्ञानेन्द्र शाहीले सहजीकरण गरेका थिए ।

क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापक र स्नातकोत्तर तह चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थी गरी करीब सयजना सहभागी उक्त कार्यक्रमबाट विद्यार्थीहरुलाई प्रत्यक्ष लाभान्वित हुने गरी कार्यक्रम आयोजना गरिएकोमा शिक्षाशास्त्र संकाय र अनुसन्धान व्यवस्थापन इकाइलाई धन्यवाद दिँदै क्याम्पस प्रमुख हमालले अहिलेको समय भनेको कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि व्यावहारिक एवं अनुसन्धानमुलक हुनुपर्ने र यसको शुरुवात वागेश्वरी बुहमुखी क्याम्पसले गरेकोमा खुशी व्यक्त गरेका थिए ।

मेयर एवं प्रमुख अतिथी आचार्यले क्याम्पसका पूर्व विद्यार्थीको रुपमा अनुसन्धान जस्तो बौद्धिक कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी लागेको भन्दै क्याम्पसको विकासमा कटिबद्ध भएर लाग्ने र स्थानीय सरकारले यस क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रबृत्ति प्रदान गर्ने नीति पारित गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुहिक नमाज पढेर ईद–उल–अजाह (बकर ईद) मनाउन सुरु

२५ असार २०७९, शनिबार १७:३६
नेपालगञ्ज :  ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह (बकर ईद) को रौनक आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म मनाइने यो पर्व मंगलबारसम्म मनाईने प्रचलन छ । रमदान महिना भर उपवास बसेर ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ठिक ७० दिनपछि ईद–उल–अजाह बकरईद मनाईने चलन छ । नेपालगञ्जको बीपी चोकमा […]