सशस्त्र प्रहरीले बरामद गर्यो ठुलो परिमाणको कपडा

सदरलाइन संवाददाता २६ मंसिर २०७७, शुक्रबार १५:१६
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरिएको ठुलो परिमाणको अवैध सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा गएको गस्ती टोलीले शुक्रवार बिहान ४ बजे नेपालगञ्ज १५ को जमुनहामा भारतबाट भित्रिँदै गरेको अवैध कपडा लगायतका सामग्री बरामद गरेको हो ।


सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका अवैध सामग्रीमा १९३ मिटर सुटको थान कपडा, उलनका सादा कपडा, उलन प्रिंटेड कपडा, १४ दर्जन बेल्ट, १२ मिटर रेग्जिन र ३० जोर जुत्ताको पाता रहेका छन् ।

बरामद गरिएका अवैध सामग्रीको मूल्य २ लाख ६१ हजार ५४३ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामानलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

Next Post

बाँकेमा प्रदेश स्तरको सुरक्षा गोष्ठी

२६ मंसिर २०७७, शुक्रबार १५:१६
  नेपालगञ्ज : लुम्बिनी प्रदेसका आन्तिरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीले प्रदेशको सुरक्षा स्थितिको बारेमा बुझ्नको लागि प्रदेशस्तरिय सुरक्षा गोष्ठि आयोजना गरिएकोे बताएका छन् । शुक्रबार बाँकेमा जिल्लास्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । जिल्लास्थित सुरक्षा निकायका सबै अङ्गहरुको उपस्थितिमा नेपालगञ्जमा सुरक्षा गोष्ठी सुरु भएको […]