सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान

सदरलाइन संवाददाता २० मंसिर २०७७, शनिबार १३:२३
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । शनिवार आयोजित कार्यक्रममा २३ जनालाई सम्मान गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतले स्वयम सेविकाहरुलाई सम्मान गरे ।


कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका नगर समितिकी अध्यक्ष मनकुमारी सिलवाल, अगुवा महिला स्वयमसेविका नारायणी रुपाखेतीलगायतले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि आफुहरुको महत्वपूर्ण भूमिका भएपनि सेवा सुविधा र प्रोत्साहन नपाउँदा दुःख लाग्ने गरेको बताइन् ।

सो अवसरमा नेपालगञ्ज उप–महानगरपालिकाका उपमेयर थापाले स्वयमसेविकाहरुले नगरमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुको सेवा, सुविधा विस्तार तथा सम्मानका लागि आफुहरु प्रयासरत रहेको बताइन् । कार्यक्रममा बी–ग्रुप बाँकेले स्वयमसेविकाका लागि १ लाख ९७ हजार बराबरको माक्स, सेनिटाईजर लगायतका ब्यक्तिगत सुरक्षा सामग्री सहयोग गरेको छ ।

Next Post

कञ्चनपुरमा विपन्न परिवारका खरको छाना विस्थापित गरिने

२० मंसिर २०७७, शनिबार १३:२३
कञ्चनपुर : कञ्चनपुरका तीन नगरपालिकाका विपन्न परिवारको खरको छाना फेरिने भएको छ । शहरी विकास मन्त्रालयको सुरक्षित आवास कार्यक्रमअन्तर्गत विपन्न परिवारका घरका छाना फेरिने भएका हुन् । शुक्लाफाँटा, वेदकोट र कृष्णपुर नगरपालिकाका आर्थिक रुपमा विपन्न ८६१ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राखिने भएको हो । कार्यक्रमअन्तर्गत एक घर बरावर […]