मन्त्री राईद्वारा बाढीग्रस्त क्षेत्रको स्थलगत अनुगमन

सदरलाइन संवाददाता २० आश्विन २०७९, बिहीबार १८:२३
 
फोटो : मन्त्री राईको सचिवालय

नेपालगञ्ज : दुई दिनदेखिको लगातार वर्षातको कारण भएको डुवान क्षेत्रको स्थलगत अनुगमनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई बाढीग्रस्थ क्षेत्रमा पुगेका छन ।

उनले बाँकेको बाढीग्रस्त क्षेत्रमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुको साथै बाढीबाट जोगाउन र क्षति न्युनिकरण गर्नको लागि प्रभावित क्षेत्रका स्थानीय प्रहरी प्रशासनलाई निर्दैशनस समेत दिएका छन ।

मन्त्री राई डुडुवा क्षेत्रका कयौं बस्तीहरू डुबानमा परेको खबर पाएपछि बिहीबार दिउँसो डुडुवाको होलिया क्षेत्रमा स्थलगत अवलोकनका लागि पुगेका हुन ।


मन्त्री राईले डुडुवा क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे जानकारी लिँदै बाढी र डुबान प्रभावितका लागि आवश्यक चाँजोपाँजो मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने बताए । उनले डुडुवा आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले त्यहाँका प्रभावितहरूको दिनचर्या सहज बनाउन व्यक्तिगत तर्फबाट पनि तत्कालै पहल गर्ने आश्वासन समेत दिएका छन् ।

उनले बाढी र डुबान क्षेत्रमा मानवीय र भौतिक क्षति हुन नदिन आफ्ना युनिटहरूलाई तदारूकताका साथ परिचालन गर्न पनि जिल्लास्थित सुरक्षा अधिकारीहरूलाई निर्देशन समेत दिए ।

उनले दुर्गा पूजामा राखिएका मुर्तिहरूको विसर्जन गर्ने दिन पनि भएकोले हरेक वर्ष सयौं मुर्तिहरू विसर्जनका लागि हजारौं दुर्गाभक्तहरू राप्ती नदीमा पुग्ने भएकोले राप्ती नदीमा पानीको सतह बढेकाले मुर्ति विसर्जनमा जानेहरूलाई सजगता अपनाउन आग्रह गरेका छन् । उनले जिल्लाका सुरक्षा अधिकारीहरूलाई सुरक्षित तरिकाले मुर्ति विसर्जनको व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबिरल वर्षातका कारण बाँकेका दर्जनबढी गाउँ डुवानमा, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

२० आश्विन २०७९, बिहीबार १८:२३
नेपालगञ्ज :  बाँकेमा बुधबारदेखि अविरल रूपमा परेको वर्षातका कारण राप्ती नदीमा बाढी निरन्तर बढिरहदा पानीको सतह खतराको चिन्ह भन्दा माथी पुगेपछि तल्लो तटिय क्षेत्रका बस्तिहरु डुबानमा परेका छन् । बाँकेको कुसुममा रहेको बाढीमापन केन्द्रमा बिहीबार बिहान साढे ६ बजे पानीको सतह ६.३५ मिटर र बिहान १० बजे ६.२८ मिटर कायम […]