नेपालगन्ज उप–महानगरका जनप्रतिनिधी भर्सेज कर्मचारीबीचको ब्याडमिण्टन प्रतियोगिता शुरु

४ चैत्र २०७४, आईतवार १४:१२
 

सदरलाइनडटकम
४ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका उप–महानगर कार्यपालिकाको कार्यालयको आयोजनामा आईतबारदेखि जनप्रतिनिधी र कर्मचारीबीचको मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिता शुरु भएको छ ।
नेपालगन्जमा प्रहरी व्यायामशालामा मैत्रीपुर्ण आन्तरिक ब्याडमिन्टन प्रतियोगिता शुरु गरिएको हो । उप–महानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले व्याडमिण्टन खेलेर प्रतियोगिताको शुरुवात गरेका थिए ।
खेलको सुरुवात गर्दै उपप्रमुख थापामगरले यस्ता प्रतियोगिताले जनप्रतिनिधी र कर्मचारीबीच सौहार्दपूर्ण सम्वन्ध सुधारसँगै सहकार्यको बातावरण सिर्जना हुने बताईन ।
प्रतियोगितामा नगरका वडा अध्यक्ष, वडा सदस्य, उप–महानगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख लगायत कर्मचारी गरि ५० जनाको सहभागिता रहेको प्रतियोगिताका संयोजक तथा वडा न १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।
नकआउट आधारमा मेन सिंगल र डबल्स खेलाइने प्रतियोगिताका इम्पायर तेजबहादुर साउदले जनाए । विहान र साँझ गरि ४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा इम्पायरका रुपमा केशव महतरा, अर्जन राना पनि रहेका छन् । प्रतियोगितालाई जनकार्यमा अवरोध नपुग्ने गरी सञ्चालन गरिएको बताईएको छ ।


 

Next Post

कानुन व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तयारी अन्तिम चरणमा

४ चैत्र २०७४, आईतवार १४:१२
सदरलाइनडटकम  ४ चैत, नेपालगन्ज : आगामी चैत ९ गतेदेखि ११ गतेसम्म नेपालगन्जमा आयोजना हुने १४ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने सो सम्मेलनमा देशभरका कानुन व्यवसायीहरुको सहभागिता रहनेछ । पश्चिमक्षेत्र मै पहिलो पटक हुन लागेको सम्मेलनलाई भब्य बनाउने […]