प्रेस चौतारी र प्रेस सेन्टर बाँकेको संयुक्त होली मिलन

१७ फाल्गुन २०७४, बिहीबार २०:१३
 

सदरलाइनडटकम 
१७ फागुन, नेपालगन्ज : असत्यमाथि सत्यको विजयका रुपमा मनाईने होली पर्व बिहीबार नेपालगन्जका पत्रकारले भव्य रुपमा मनाएका छन् । प्रेस चौतारी नेपाल बाँके र प्रेस सेन्टर नेपाल बाँकेको संयुक्त आयोजनामा पत्रकारहरुबीचमा होली मिलन मनाइएको हो ।
नेकपा एमाले पार्टी कार्यालयमा भएको कार्यक्रममा बाँकेका नेता, सांसद, जनप्रतिनिध र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा एमाले बैकल्पीक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले सामाजिक सद्भावको पर्व भएको भन्दै एक अर्काबीचमा खुशी साँटेर बनाउनुपर्ने बताए ।
सञ्चारकर्मीहरुको सहभागितामा नै संस्कृतिको संरक्षणका हेतुले होली मिलनको कार्यक्रम आयोजना गरी सबैलाई एक अर्काबीचमा खुशी मनाउने अवसर जुराएको भन्दै आयोजक दुवै संगठनलाई धन्यवाद दिए ।
यस्तै, सांसद् महेश्वर गहतराजले सबैले शान्तिपूर्ण रुपमा पर्व बनाउनका लागि सबैमाझ सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य कृष्णा केसीले पछिल्लो समय पर्वलाई उच्छृङखल तरिकाले बनाउने प्रवृति बढ्दै गएकोमा सञ्चारकर्मीहरुले कमलमार्फत त्यस्तो प्रवृति निरुत्साहित गर्न अनुरोध गरिन् ।
कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, एमाले अध्यक्ष अशोक कोइराला, माओवादी केन्द्रका नेता दामोदर आचार्य, एमाले नेता पशुपति दयाल मिश्र लगायतका नेताहरुको सहभागिता रहेको थियो । प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त विकको सभापतित्वमा भएको होली मिलन कार्यक्रमको स्वागत प्रेस सेन्टरका उपाध्यक्ष आलम खानले स्वागत र चौतारीका सचिव कमल डांगीले सहजिकरण गरेका थिए ।
 

Next Post

सम्बन्ध सुधारमा होलीको महत्वपुर्ण भुमिका

१७ फाल्गुन २०७४, बिहीबार २०:१३
सदरलाइनडटकम   १७ फागुन, नेपालगन्ज : आपसी सद्भाव र भाइचारा प्रतिकको रुपमा रहेको होली कार्यक्रम बाँकेमा धुमधामका साथ मनाउन शुरु गरिएको छ । बाँकेको शहरी क्षेत्र सँगसँगै ग्रामीण क्षेत्रमा पनि होलीको शुभकामना आदान–प्रदान कार्यक्रम शुरु भएका छन् । यसैक्रममा बाँकेको नरैनापुर गाउँपालिका क्षेत्रमा धुमधामका साथ होलीको शुभकामना आदान प्रदान गरिएको छ […]

सम्बन्धित