भेरीको परीक्षणमा बाँकेका ३९ सहित ६० जनामा कोराना पुष्टि

सदरलाइन संवाददाता ६ मंसिर २०७७, शनिबार १६:३९
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ३९ जनासहित ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा गरिएको २ सय १२ नमुनाको परीक्षणमा बाँकेका ३९ सहित ६९ जनामा कोरोना पुष्टि भएको हो ।


यसैगरी बर्दियका १२, दाङका ४, दैलेख, कैलाली, प्युठान, रुकुम पश्चिम र रोल्पाका एकएक जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । हालसम्म ४८ हजार ८ सय ४७ जनाको परीक्षण गर्दा ४ हजार २ सय ७६ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।

Next Post

कोरोनाबाट बाँकेमा थप एक महिलाको मृत्यु

६ मंसिर २०७७, शनिबार १६:३९
नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ की ६८ वर्षीया महिलाको शनिवार दिउँसो ३ बजे मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या आएपछि उनलाई कार्तिक २८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । […]