उत्तर प्रदेशमा विषाक्त रक्सी पिउँदा ६ को मृत्यु

सदरलाइन संवाददाता ६ मंसिर २०७७, शनिबार १५:४१
 

काठमाण्डौ : भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाको ज्यान गएको छ भने १५ जना गम्भीर बिरामी भएका छन् ।

प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।


बिहीवार बेलुकी एक पसलबाट रक्सी किनेर लगेकाहरू रक्सी पिएपछि बिरामी परेका थिए । बिहीवार नै एक जनाको ज्यान गएको तथा शुक्रवार र शनिवार गरी मृतकको सङ्ख्या ६ पुगेको खबरमा उल्लेख छ ।

एक हप्ताअघि पनि उत्तर प्रदेशको राजधानी लखनउमा विषाक्त रक्सी पिएका ६ जनाको ज्यान गएको थियो ।

Next Post

भेरीको परीक्षणमा बाँकेका ३९ सहित ६० जनामा कोराना पुष्टि

६ मंसिर २०७७, शनिबार १५:४१
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ३९ जनासहित ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो ४८ घण्टामा गरिएको २ सय १२ नमुनाको परीक्षणमा बाँकेका ३९ सहित ६९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी बर्दियका १२, दाङका ४, दैलेख, कैलाली, प्युठान, रुकुम पश्चिम र रोल्पाका […]