नारायणहिटी संग्रहालयबाट श्रीपेच चोर्न खोज्ने घर्ती पक्राउ

सदरलाइन संवाददाता ८ आश्विन २०७८, शुक्रबार १४:५२
 

काठमाण्डौ : नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो ।

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । शुक्रबार बिहान अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेका थिए ।

सिसा फुटाउँदा उनको हात समेत काटिएको छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस स्वतन्त्रता सेनानी स्व. वैश्यको स्मृतिमा कार्यक्रम गरिने

८ आश्विन २०७८, शुक्रबार १४:५२
नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगञ्ज–७ ले शनिबार बिहान १० बजे भेला कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. श्रीरामगोपाल वैश्य स्मृति प्रतिष्ठान केही वर्ष अघि विधिवत दर्ता भई विभिन्न सामाजिक सेवा कार्य गर्दै आएको छ । यस प्रतिष्ठानको अध्यक्ष समाजसेवी नन्दलाल […]