बाँकेका स्थानीयतहमा भ्रष्टाचारका उजुरी धेरै

सदरलाइन संवाददाता १ चैत्र २०७८, मंगलवार १८:४६
 


नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा परेका उजुरी मध्ये बाँकेमा सबैभन्दा बढी स्थानीयतहसंग सम्वन्धीत उजुरी दर्ता भएका छन ।

विभिन्न २४ बिषय क्षेत्रगत कार्यालयको उजुरी मध्य सबैभन्दा बढी बाँकेका स्थानीयतहका उजुरीहरु रहेको आयोगले नेपालगञ्जमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्धन विषयक अन्तरक्रिया कार्यक्रममा जानकारी दिएको छ ।

अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ देखि चालु आर्थिक बर्षको हालसम्म कार्यक्षेत्र अन्तगर्तका चार जिल्लाका उजुरी मध्य बाँकेका दुई सय ६५, दांङका २ सय ९, बर्दियाका १ सय ११ र रोल्पाका ३३ वटा गरी कुल ६ सय १८ उजुरी दर्ता भएका छन् ।

ती मध्य ३ सय ७ उजुरीको छानविन सम्पन्न भएको छ भने तीन सय ११ उजुरी फछ्यौट हुन बाँकी रहेका छन । चार जिल्ला मध्ये सबैभन्दा धेरै बाँकेका स्थानीयतहका १ सय १३ वटा उजुरीहरु दर्ता भएका छन । जसमध्य ६८ उजुरी फ्छर्यौट भएका छन भने अझै ६५ उजुरी बाँकी रहेका छन । जिल्लाका आठवटा स्थानीयतह मध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाका २८ उजुरी दर्ता भएको अन्तकृयामा जानकारी दिईएको छ ।


अन्तरकृयामा आयोगका आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले आयोगमा उजुरी परेपनि कारवाही भएन भन्ने धेरैको गुनासो आउनेगरेको उल्लेख गर्दै अनुसन्धानको निश्चित प्रकृया रहेकोले प्रकृया अनुसार छानविन हुनेमा विश्वस्त रहन आग्रह गरिन । आयोगमा परेका उजुरीहरुको सुक्ष्म ढंगले अध्ययन गरी लामो समयपछि पनि कार्वाही प्रकृयामा ल्याउने गरेको उनको भनाई छ ।

अन्तरकृयामा ट्रान्सपरेन्सी ईन्टरनेशनलका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, अख्तियारका उपसचिव भुवन पाण्डे र अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुतीकरणमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रकृया र नियम कानूनको पालना नगर्ने नगराउने, आवश्यक भन्दा धेरै सामाग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्वन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रबृत्ति पाईएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा होली पर्वको रौनक शुरु

१ चैत्र २०७८, मंगलवार १८:४६
नेपालगञ्ज : नेपालगञ्जमा माधुर्य र प्रेम भाव भएको होली पर्वको रौनक शुरु भएको छ । पहाडमा बिहीवार र तराइमा शुक्रवार होली मनाइने भएपनि नेपालगञ्जमा भने होलीको चहलपलह शुरु भइसकेको छ । नेपालगञ्जको त्रिभुवन चोक, त्रिवेणीमोड, एक्लैनीलगायतका क्षेत्रमा रङ, लोला तथा होली अंकित टिसर्टहरुको व्यापार शुरु भइसकेको छ । बाँके प्रहरीले […]