जैविक विविधताको संरक्षण आवश्यक : मुख्यमन्त्री पोख्रेल

सदरलाइन संवाददाता २ मंसिर २०७७, मंगलवार १६:४७
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वव्यापी परिवर्तनसंग जुध्नका लागि जैविक विविधता संरक्षण आवश्यक रहेको बताएका छन् । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालले प्रकाशन गरेको राप्ती पर्यावरण सन्देश विशेषाङ्क विमोचन गर्दै पोखरेलले पत्रिकाले यस क्षेत्रमा रहेको बोटबिरुवा र पंक्षीहरुको विस्तृत विवरण प्रस्तुत गरेकाले पर्यावरण अध्ययन र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बताए ।

संस्थाका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका मेयर घनश्याम पाण्डेले पत्रिकालाई स्थानीय पाठ्यक्रममा समावेश गरिने बताए ।


वन विज्ञान स्नातक तहमा अध्ययरत रवीन्द्र पुन मगर र जानकी तिवारीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ र १९ स्थित १८ वटा सामुदायिक वनमा रहेका १ सय १२ प्रजातिका चरा र १ सय ५२ प्रजातिका बिरुवाको बारेमा विस्तृत विवरण तयार पारेका थिए । सोही अध्ययनलाई पत्रिकाको विशेषाङ्ककारुपमा प्रकाशित गरिएको हो । कार्यक्रममा पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल लगायतकाले मन्तव्य व्यक्त गरे थिए ।

Next Post

नेवार समुदायमा भाइटीका लगाएसँगै सकियो तिहार

२ मंसिर २०७७, मंगलवार १६:४७
नेपालगञ्ज : प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयाका दिनसम्म मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व मंगलवार दोस्रो दिन किजापूजा गरेसँगै समाप्त भएको छ । नेवार समुदायको केही समूहमा कात्तिक शुक्ल द्वितीयामा सूर्योदय भएका दिन नै भाइटीका लगाउने कुल परम्परा रहेकाले त्यस समूहका दाजुभाइले आज दिदीबहिनीबाट टीका लगाएका हुन् […]