सदरलाइनडटकम,
बुटवल : लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले लोक सेवा आयोग योग्यतातन्त्र र निस्पक्षताको धरोहर भएको बताएका छन् । निस्पक्षता, स्वच्छता र गोपनियता कायम राख्न सकेका भएका कारण आयोग योग्यतातन्त्र र निस्पक्षताको धरोहर बन्न सफल भएको उनले बताए ।
आयोगको बुटवल स्थित नवनिर्मित भवनको बिहीवार उद्घाटन गदै अध्यक्ष मैनालीले आयोगमाथिको बिस्वास गुम्न नदिने प्रतिवद्धता समेत व्यक्त गरे । आयोगले कायम गरेको निस्पक्षता र स्वच्छताककै कारण आयोगको परिक्षा उत्तिर्ण हुँनु गर्व गर्न लायक रहेको भन्दै उनले परिक्षामा अनुत्तिर्ण हुनेले समेत सहज रुपमा नतिजालाई स्विकार गर्ने गरेको बताए । त्रिभुवन विश्वविद्यालय लगायतका विश्वविद्यालयहरुले लिएका परिक्षाहरुमा बिवाद आउने गरेको भन्दै अध्यक्ष मैनालीले ७० बर्षे इतिहासमा आयोगको गरिमा जोगाउन भूमिका खेल्ने कर्मचारीहरुलाई धन्यवाद समेत दिए ।
आयोगलाई प्रविधि र स्रोत साधन सम्पन्न बनाउन जरुरी रहेको भन्दै उनले आयोग अब मुलुकलाई आवस्यक पर्ने दक्ष जनशक्ति कसरी उत्पादन गर्ने भन्ने बिषयमा अध्ययन गरिरहेको जानकारी गराए । कार्यक्रममा लोक सेवा आयोगका सचिव आनन्दराज ढकालले कार्यालय सहयोगिदेखि माथिल्ला पदमा रहेका कर्मचारीले सामान्य गल्ती गरेपनि आयोगको शाख गुम्ने खतरा रहेको बताउँदै आयोगले यसमा सधैं ध्यान दिदै आएको बताए ।
लोक सेवा आयोग बुटवल कार्यालयका प्रमुख पुस्करराज पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ५ का प्रमुख सचिब तोयानारायण ज्ञवाली, प्रदेश ५ का लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराई, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, आयोगका उपसचिब एक नारायण शर्मा लगायतले आ आफ्नो भनाई राखेका थिए । २० महिना अगाडी अध्यक्ष मैनालीले सिलन्यास गरेको भवन ३ करोड ३१ लाख लागतमा शिवशक्ति लुम्बिनी कम्पनीले निर्माण गरेको ईन्जिनियर धुव्र पौडेल क्षेत्रीले जानकारी दिए ।