दाङका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता २१ कार्तिक २०७७, शुक्रबार ०८:३९
 

नेपालगञ्ज : उपचारकालागि बाँके आएका दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीवार राती भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा लमही नगरपालिका १० दाङका ६४ बर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषले गएको १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाव दिएका थिए । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यसैदिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार शुरु गरिएको थियो । तर अवस्थामा सुधार नआएपछि उनलाई १९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।


स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि उनको उपचारका क्रममा बिहीवार राती ९ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका क्रममा आएका २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

बाँकेमा शुक्रवार ८ जना डिस्चार्ज

२१ कार्तिक २०७७, शुक्रबार ०८:३९
नेपालगञ्ज : बाँकेमा शुक्रवार ८ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ८ जना पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ८७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । […]