मब क्याम्पसमा कानुन बिषयको पुनः पढाई

१० बैशाख २०७६, मंगलवार १८:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा दुई दशकपछि कानुन संकायको अध्ययन अध्यापन हुने भएको छ । कानुन संकाय अध्ययन गर्न बिद्यार्थीहरु आएको हुँदा दुई दशकपछि क्याम्पसमा नियमित अध्ययन अध्यापन हुने भएको हो ।
क्याम्पसमा करिब २० वर्ष अघि सो संकायमा अध्ययन अध्यापन हुने गरेको थियो । यो वर्ष कानुन विषयको अध्ययन निरन्तर बनाउन दाङ्गका ७२ बर्षीय बलभद्र ओलीको पहलमा क्याम्पसमा एलएलबी शुरु भएको हो । उनले प्रयासकै क्रममा कानुन संकायमा भर्ना भएका हरेक विद्यार्थीहरुको सम्पर्क नम्बरमा फोन गर्दै अध्ययपनबारे जानकारी गराउने कार्य गरेका थिए । एक वर्ष अझै क्याम्पसमा कानुन संकायको अध्ययन अध्यापन नभएको भए संकाय नै हट्ने सम्भावना रहेको प्रध्यापकहरुको भनाई छ ।
यसैबीच बिद्यार्थीहरुको उपस्थितिमा नियमित रुपमा पढाई हुने भएपछि मंगलवार कानुन संकाय प्रथम बर्षले नयाँ बर्ष २०७६ को अवसरमा शुभकामना अदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख गणेश रेग्मीले कानुन विषय अहिले नियमित रुपमा पढाई भईरहेकाले विद्यार्थीहरुलाई नियमित हुन आग्रह गरे । सोही अवसरमा कानुन विषयमा पहल गर्नुभएका ओलीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Next Post

ह्यान्डबल : गण्डकी र आर्मी च्याम्पियन

१० बैशाख २०७६, मंगलवार १८:५१
सदरलाइनडटकम, नेपालगञ्ज : आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा विभागिय टिम नेपाल आर्मी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा एपीएफ चुक्यो । नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित ग¥यो । गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे । एपीएफका लोकेन्द्र चन्द र सन्दिप कार्कीले […]