२२ ग्राम ब्राउन सुगरसहित ४ पक्राउ

सदरलाइन संवाददाता १७ कार्तिक २०७७, सोमबार १९:०१
 


नेपालगञ्ज : बाँके प्रहरीले २२ ग्राम लागू औषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक सहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज शाखा र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विषेश टोलीले नेपालगञ्ज–१३ किसान ईटाभट्टा नजिकबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँट ईन्चार्ज तथा प्रहरी निरिक्षक हृदेश सापकोटाले दिएको जानकारी अनुसार २० ग्राम ब्राउन सुगरसहित भारत बहराइच जिल्ला रुपैडिहाका २९ वर्षिय राकेश सोनी, १८ वर्षिय जोगेन्द्र सोनी प्रहरी नियन्त्रणमा परेका हुन ।


यसैगरी खजुरा गाउपालिका–३ का २५ वर्षिय बिष्णुुु थापा र नेपालगञ्ज–२ का सागर थापाको साथबाट २ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसंन्धान अनुसार थापाद्वयले सोनीद्वयका साथबाट सो ब्राउन सुगर खरिद गरेको खुल्न आएको जनाईएको छ । प्रहरीले आवश्यक अनुसंधानको लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेको छ ।

Next Post

बाँकेमा मंगलवार ३२ जना डिस्चार्ज

१७ कार्तिक २०७७, सोमबार १९:०१
नेपालगञ्ज : बाँकेमा मंगलवार ३२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २१ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ६० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]

सम्बन्धित