नक्कली नोट छाप्ने गिरोह रुपईडिहाबाट पक्राउ

सदरलाइन संवाददाता ३० बैशाख २०८०, शनिबार १३:१९
 

नेपालगञ्ज : नेपालगञ्जस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपैयाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो ।

रुपईडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिएको जानकारी अनुसार रुपईडिहा नजिकै नक्कली रुपैयाँ छाप्ने र बिव्रmीवितरण गर्ने सूचनाका आधारमा बहराइच एटिएस र रुपईडिहा प्रहरीले संयुक्तरूपमा कारबाही गर्दा लखिमपुर जिल्लाका पाँच जनालाई पक्राउ गरिएको हो ।


उनले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलासी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपैयाँ र पाँच हजार नक्कली नेपाली रुपैयाँसहित पैसा छाप्ने मेशिन, ल्यापटप, प्रिन्टर र कैँची बरामद गरिएको बताए ।

पक्राउ परेकामा लखिमपुर जिल्लाको ईशानगर थाना क्षेत्रको त्रिकोलिया निवासी मुस्ताक, फैजुल हसन, हसनपुर कटौली निवासी सलिम, वीरसिंहपुर निवासी अलिम र रायपुर गाउँ निवासी कुलदीप अवस्थी रहेको भारतीय प्रहरीले जनाएको छ ।

बहराइच जिल्लाका प्रहरी प्रमुख एसपी प्रशान्त वर्माले पक्राउ परेका सबैलाई नक्कली नोट र अन्य अपराधसम्बन्धी विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेर बहराइच कारागारमा पठाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरको नगर बस योजना ओझेलमा

३० बैशाख २०८०, शनिबार १३:१९
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाभित्र यात्रुलाई सस्तो, सुलभ र भरपर्दो नगर यातायात सेवा दिने गरी मन्त्रालयबाट रकम माग गरेको योजना ओझेलमा परेको छ । नगर बस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट व्यवस्थापन गर्ने योजनामा थियो । यसका लागि प्रारम्भिक चरणमा सार्वजनिक यातायात व्यवसायीसँग नगर बस सञ्चालन तथा व्यवस्थापनका लागि छलफलसमेत गरिएको […]